एजेन्सी/ बलिउड अभिनेता अनिल कपुरले बलिउडका दुई स्टार सलमान खानर आमिर खानको देखावटी नाटकको पोल खोलेका छन्।

भारतको गोवामा चलिरहेको ५० औं अन्तराष्ट्रिय फिल्म महोत्सवमा आयोजित एक कुराकानीमा अनिलले उनीहरूको पोल खोलेका हुन्।

‘अलिकति सफलता पाएपछि र घर-गाडी किनेपछि स्टारहरू अल्छी हुने र आफ्नो कामलाई गम्भिर ढंगलले लिदैनन् भनिन्छ, तपाईंलाई के लाग्छ? को हुन् त्यस्ता अभिनेता?’ भनेर सोधिएको प्रश्नको जवाफ दिने क्रममा अनिलले आमिर र सलमानको नाम लिदैं उनीहरू अरूलाई देखाउन कस्तो नाटक गर्छन् भन्ने बताउँदै पोल खोलेका हुन्।

‘म तपाईंको कुरासँग सहमत छु, यस्ता अभिनेता थुप्रै छन् जो राम्रो काम गरिसकेपछि अल्छी बन्न लाग्छन्। सायद उनीहरू धेरै प्रतिभाशाली पनि हुन्छन्, उनीहरूलाई केही चिजमा धेरै मेहेनत नै गर्नुपर्दैन। अब आमिर खानलाई नै हेर्नुस्, आमिर आफूलाई अल्छी भन्छन् तर त्यस्तो बिल्कुल होइन। यो उनको चाल हो, देखावटी नाटक हो’, अनिलले भने।

अनिलका अनुसार आमिर जानाजान आफूलाई यतिपटक अल्छी भन्छन् कि उनको त्यो कुराले अर्को अभिनेतामा प्रभाव पर्न थाल्छ। उनीहरू त्यही सुनेर अल्छी हुन थाल्छन्।

‘उनीहरू आमिर यति अल्छी भएर त यति राम्रो काम गर्दैछन् भने हामीहरू पनि सक्छौ भनेर सोच्न थाल्छन्। तर यस्ता कुरा देखाउनका लागि मात्र भनिने हुन्। खासमा आमिर खान सबैभन्दा बढी मेहेनत गर्छन्, खुब सोचविचार गर्छन्’, अनिलले थपे।

यसक्रममा उनले आमिरसँगै आफ्ना निकट साथी सलमानको बानीपनि आमिरसमान भएको खुलासा गरे।

‘म तपाईहरूलाई सलमानको बारेमा बताउँछु। कहिलेकहिले म सलमानसँगै प्लेनमा यात्रा गरिरहेको हुन्छु। त्यतिबेला सलमान पटकपटक खाना आउँदा खाइरहन्छन्। पहिला खाना खान्छन्, त्यसपछि अरू र अन्त्यमा आइसक्रिम पनि खान्छन्। यस्तो गरेर उनी मलाई प्रभावित पार्ने कोशिस गर्छन्। खासमा उनी मैले पनि खुबै खाओस् भनेर उनी त्यस्तो गर्छन्।’

यसको पछाडी आमिर र सलमानको आफ्नै उदेश्य रहने गरेको बताए।

‘खासमा त्यस्तो खानेकुरा उनीहरू धेरै दिनमा खाइरहेका हुन्छन्। तर अरू अभिनेतालाई के लाग्छ भने उनीहरू सँधै यसैगरी खान्छन् र पनि यस्तो ह्याण्डसम छन्। त्यसपछि उनीहरू आफू पनि त्यसैगरी खान सक्ने सोच्छन्। यस्तो गर्दा सलमान अर्को अभिनेताले उनको नक्कल गरेर आफूनो शरीर भद्धा गरोस् भन्ने चाहन्छन्। यो काम बडो योजना अनुसार गरिन्छ’, अनिलले पोल खोल्दै भने।सेतोपाटिबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah