एजेन्सी/  विद्युत जामवालको फिल्म ‘कमान्डो–३’ शुक्रबार रिलिज भएको छ । रिलिज अघि फिल्मको प्रोडक्सन कम्पनी रिलायन्स एन्टरटेनमेन्टले प्रमोशनका लागि अभिनेताको इन्ट्रीको दृश्य युट्युवमा शेयर गरेको थियो । अहिले त्यही भिडियोलाई लिएर विवाद शुरु भएको छ ।

पाँच मिनेट लामो क्लिपमा एक पहलवानले स्कुले छात्राको स्कर्ट उठाउँदै गरेको दृश्य देखाइएको छ । यो केवल एक या दुई सेकेन्डको सीन छैन, बरु यसलाई विभिन्न एङ्गल र स्लो मोसनमा गरेर करीब एक मिनेटसम्म तन्काइएको छ ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको व्यापक आलोचना भइरहेको छ । एकातर्फ स्कुले बालिकामाथि यौनउत्पीडन भएको दृश्य देखाइएकोमा धेरैले आपत्ति जनाइरहेका छन् भने अरुले पहलवानहरुको गलत छवि देखाएकोमा विरोध गरिरहेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘कमसेकम बालिकासँगको यस्तो घटिया सीन त चलचित्रमा नराख । उसको उमेर कति नै भएको होला ? ऊ बच्ची नै छे ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘पब्लिसिटीका लागि बच्चाको ‘न्युडिटी’ देखाउन सही होइन ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘छीः यस्तो फोहोर सीन ।’

कयौँ प्रयोगकर्ताहरुले यस्तो सीन कसरी पास गरियो भन्दै सेन्सर बोर्डमाथि पनि प्रश्न उठाएका छन् । यसअघि एक हलिउड फिल्ममा रक्सीको बोतल र गिलाससमेत धमिलो पार्न लगाइएको थियो ।

पहलवानको समर्थन गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘निकै निराशजनक, भारतीय पहलवान यस्तो गर्न सक्दैनन् ।’

कमान्डो फ्रान्चाइजको यो तेस्रो चलचित्रलाई आदित्य दत्तले निर्देशन गरेका हुन् । फिल्मको कथा आतङ्कको विरुद्ध देशलाई एक जुट गराउने विषयमा आधारित रहेको छ । चलचित्रमा विद्युत जामवालका साथै अदा शर्मा र गुलशन देवैयाको पनि मुख्य भूमिका रहेको छ ।

रिलायन्स एन्टरटेनमेन्ट एन्ड मोशन पिक्चर्सले यसको निर्माण विपुल अमृतलालशाको प्रोडक्सन हाउस सन पिक्चर्ससँग मिलेर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah