एजेन्सी/ ८३ वर्षका बलिउड अभिनेता धर्मेन्द्र अहिले फिल्मबाट टाढा छन् तर उनी सोसल मिडियामा आफ्नो प्रशंसकबीच निकै सक्रिय छन् । फिल्मी दुनियाँबाट टाढा उनी यतिबेला आफ्नो खेतमा अत्यधिक समय बिताउँछन् ।

त्यहाँ उनी खेती किसानीमाथि पनि ध्यान दिइरहेका छन् । उनले अब आफ्नो फार्म हाउसको एउटा नयाँ भिडियो सेयर गरेका छन् । त्यसमा उनले खेतमा फलेका फल देखाइरहेका छन् । यसलाई उनले हिरा मोती बताएका छन् । यो भिडियामा धर्मेन्द्र आफैं पनि छन् जो आफूले दुःख गरेर फलाएको फल देखेर निकै खुसी देखिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नायक धर्मेन्द्रले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो भिडियो सेयर गरेका छन् । यसमा उनले क्याप्सन पनि लेखेका छन्, ‘किसानको...हिरा मोती...खुसीको...पल...महसुस गर्नुहोस्..। सबैलाई माया ।’