महोत्तरी, २९ जेठ । ‘म स्वयंसेविका हुँ । घरघर आमा र बच्चाको जिउज्यानको हालखबर बुझ्न जान्छु । स्वास्थ्य चेतना फैलाउन खट्छु । सबैले मलाई गाउँको आमा भनेर बोलाएको सुन्दा निकै खुसी लाग्छ’, १६ वर्षअघि बोक्सी आरोपमा मरणासन्न हुनेगरी गाउँलेबाट यातना भोगेकी ६० वर्षीय मरनीदेवी भन्नुहुन्छ, ‘जसले मलाई बोक्सी भनेर कुटपिट गरे उनीहरू नै आज मलाई आमा भनेर बोलाउँछन् । बोक्सी हुँदैन भन्ने अहिले सबैले बुझेका छन् ।’ खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

स्वयंसेविकाको ड्रेसमा गाउँमै भेटिएकी मरनीले थप्नुभयो, ‘बोक्सी भन्दै मलाई कुटियो, बेहोस अवस्थामा पाँच दिन अस्पताल बसेँ । मैले कुनै समयमा पाएको दुःखले महिला अहिले गाउँमा सुरक्षित भएका छन् । गाउँमा बोक्सी भनेर कसैलाई आरोप लाग्दैन । मलाई यसमा निकै खुसी लागेको छ ।’

०५८ साल साउनमा गाउँलेले बोक्सी आरोप लगाउँदै अमानवीय व्यवहार गरेको सम्झिँदा मरनी एकाएक भक्कानिनुभयो । उहाँले भन्नुभयो, ‘के बोक्सी हुन्छ ? गरिब, एकल महिला नै बोक्सी हुन्छ ? यो सब कुरा गलत हो । मैले बोक्सीको आरोपमा धेरै यातना पाएको छु । तर, अब अरू महिला दिदी-बहिनीले बोक्सी आरोपमा कुटपिट सहनु पर्दैन । म यसैका लागि पनि ठाउँ-ठाउँमा आवाज उठाइरहेको छु ।’ ४० वर्षदेखि निरन्तर स्वयंसेविका भएर आफ्नै गाउँ महोत्तरीको सिमरदही गाविसमा काम गरिरहेकी उहाँको जीवन अहिले निकै राम्रो छ ।

मरनीले विद्यालय शिक्षा लिनुभएको छैन । तर, उहाँ गाउँघरमा महिला दिदीबहिनीलाई गर्भ जाँच गर्नुपर्छ भन्ने सम्झाउँदै टोल-टोल घुम्नुहुन्छ । प्रत्येक महिनाको १५ गते गाउँ घर क्लिनिकमा बोलाएर सबै गर्भवती महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुन्छ । मरनीलाई बच्चालाई अनिवार्य रूपमा दिनुपर्ने पोलियो थोपा, दादुरा, डिपिटी सुईको नाम कण्ठै छ ।

‘१०-१२ वर्षको उमेरमा मेरो विवाह भयो । आफ्नै विवाहबारे मलाई थाहा छैन । बुबाआमाले तेरो विवाह सानै उमेरमा भयो भनेर सुनाउनुहुन्थ्यो’, उहाँले भन्नुभयो, ‘पहिला गाउँमा बालविवाह हुन्थ्यो । सानै उमेरमा बच्चा जन्मिन्थ्यो । अस्पताल र डाक्टर कहीँ-कतै थिएन । मेरो पाँच जना दाजु र दिदी निमोनियाले मरे । म जन्मेपछि सबै सन्तान मरेको भन्दै मेरो बुबा-आमाले मरनी भनेर नराम्रो नाम राखिदिए । म बाँचे पनि,’ जनचेतना अभावमा गर्भवती महिलाले गर्भजाँच नगराउने, शरीरमा रगतको मात्रा कम भएपछि आइरन चक्की नखाने, कुनै पनि खोप बच्चाले नपाउने कारणले आफ्नो टोलमा धेरै बच्चा अकालमै मरेको उहाँको अनुभव छ।

‘मलाई बोक्सी भनी कुटपिट गरेपछि म समाजसेवामा लागें । बोक्सी पीडित हुनुभन्दा पहिला पनि म स्वयंसेविका नै थिए । बोक्सी भन्दै मेरो हातको पोलियो थोपा बच्चालाई खुवाउँदैनथे । म बोक्सी पीडित भएपछि गाउँमा जनचेतनामूलक कार्यक्रम आयो । अहिले त मेरो हातबाट सबैले पोलियो थोपा आफ्ना बच्चालाई खुवाउँछन् ।’

मरनीको घरका सबै १३ सदस्य साक्षर छन् । मरनीले प्रौढ कक्षाबाट आफ्नो नाम लेख्न सिक्नुभएको छ । छिमेकी निरसन साहको १० वर्षीय छोरालाई टुनामुना गरी मारेको भन्दै उनीसहितका १६ जनाले मरनीलाई धामी बोलाएर बोक्सीको आरोप लगाउँदै मरणासन्न हुने गरी शारीरिक तथा मानसिक यातना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah