ललितपुर :
दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आ’गला’गी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार वेदनाथका अनुसार बिहीबार माझखण्डबाट स’ल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् ।
शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आ’गो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन । प्रहरी सहायक हवल्दार वेदनाथका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आ’गो नि’भाउन जानसमेत समस्या छ । उनले भने, ‘रुखका स्याउलाले आ’गो निभाइरहेका छौँ । चारैतिर आ’गो र धु’वाँको मु’स्लो आइरहेकोले हामी अन्यौलमा छौं ।’ निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या रहेको उनले बताए ।
आगो फैलदा खैरेनी,प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २ सय ५० घरमा वितरण गरिएको खानेपानीको पाइप ज’लेर न’ष्ट भएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर लामाका अनुसार खानेपानीको पाइपको क्षतिबारे यसै भन्न सकिने अवस्था छैन ।



