काठमाण्डौ – वैदेशिक रोजगारीमा कतार गएका र विभिन्न कारणबस् जेल सजाय भोगिरहेका २१ जना नेपालीले त्यहाँको सरकारबाट क्षमादान पाएका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमाजानको अवसरमा त्यहाँका कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका २१ जना नेपालीलाई क्षमादान दिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार क्षमादान पाउनेहरुमध्ये यौनजन्य क्रियाकलापमा तीन, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रीवितरणमा दुई र आर्थिक हिनामिनामा पाँच जना कसुरदार ठहरी सजाय भोगिरहेका थिए । क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै, कतारमा बसोबासको नियमलाई उल्लङ्घन गरेका विदेशी नागरिकले आफ्नो कानुनी अवस्था सच्चाउने समयावधि पनि कतार सरकारले बढाएको छ । विभिन्न कारणले कतारमा बसोबासको नियम उल्लङ्घन गरेका तर आफ्नो कानुनी अवस्था सच्याई कतारमै बस्न चाहने वा स्वदेश फर्किन चाहनेहरूले आउँदो वैशाख १७ अर्थात् अप्रिल ३० सम्मको समय पाउने भएका हुन् ।

कतारमा बसोबासको नियम, काम गर्ने भिसाको नियम, घरेलु श्रमिक र पारिवारिक बसोबासको नियम उल्लङ्घन गरेकाहरूले यो अवसरको फाइदा लिन सक्नेछन् । रोजगार भिसामा कतार गएर कतारी आईडी प्राप्त नगरेका वा नवीकरण नभएकाहरूले आफ्नो कतार बसाइँलाई वैधानिक बनाउन चाहेमा कुनै रोजगारदाताबाट ‘जब अफर लेटर’सहित तोकिएको केन्द्रमा गएमा आफ्नो बसाइँलाई वैधानिक बनाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88