दमक, ११ बैशाख–यहि बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको नगर उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट महेश घिमिरेले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष समेत रहनुभएका युवा नेता घिमिरेले नगर ृउपप्रमुखमा सहित दमकको सवै वडाहरुमा वडा अध्यक्ष र सदस्यहरुमा भोली (सोमबार) उम्मेद्वारी दर्ता गर्ने भएका छन् ।
एकीकृत समाजवादी दमक नगर अध्यक्ष घिमिरेका अनुसार लामो समय दमकमा स्थानीय तहको निर्वाचनका लागि कांग्रेस, माओवादी केन्द्र लगायत अन्य दलहरुबीच गठबन्धनका प्रयासहरु भएका थिए । तर, केही भागभण्डाका कारण दलहरुबीच आपसी सहमति नभएपछि नेकपा (एकीकृत समाजवादी) ले दमकमा नगर उपप्रमुखसहित अन्य वडाहरुमा उम्मेद्वारी दिने भएको घिमिरेले जानकारी गराउनुभयो ।
विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका नेता घिमिरेले तत्कालिन नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियूको दमक बहुमुखी क्याम्पस, क्षेत्रीय कमिटिी, जिल्ला कमिटी झापाहुदै केन्द्रीय कमिटीमा समेत कुशलताका पुर्वक जिम्मेवारी पुरा गरिसकेका छन् ।
दमक बहुमुखी क्याम्पसका स्ववियू सचिवमा समेत निर्वाचित भइसक्नुभएका नेता घिमिरेले निर्वाचनका लागि उम्मेद्वारी दर्ताको समयमा नगर उपप्रमुखमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) नगर कमिटीका उपसचिव एबम् समाजवादी प्रेष संगठन झापाका अध्यक्ष अनिलदेब राईका अनुसार नगर उपप्रमुखमा घिमिरेसहित दमक २ मा टिका प्रसाईले वडा अध्यक्षसहित वडाका सदस्यहरुमा पार्टीको तर्फबाट टीमले उम्मेद्वारी दिने भएका छन् ।
त्यस्तैं, दमकको वडा नं ३, ४, ५, ८, ९ र १० मा नेकपा )एकीकृत समाजवादी) ले वडा अध्यक्ष र वडा सदस्यहरुको पदमा उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले जनाएको छ ।



