दमक/स्थानीय तहको आसन्न निर्वाचनका लागि आज दमक नगरपालिकामा नेपाली कांग्रेस सहितको गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, माओवादी केन्द, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका तर्फबाट घोषित ५२ जना उम्मेदवारहरुले एकसाथ उत्साहपूर्वक मनोनयन दर्ता गराएका हुन ।

गठबन्धनबाट नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पर्टीका राम थापा, र उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाईंले उम्मेदवारी दर्ता गराएका छन । सोही टीमका तर्फबाट वडा नम्बर १ मा तारा अधिकारी, २ मा रुद्र कार्की, ३ मा डिल्ली चापागाईं, ४ मा पुण्य दाहाल, ५ मा धनबहादुर भट्टराई, ६ मा यामजी श्रेष्ठ, ७ मा भिम पौडेल, ८ मा प्रकाश चापागाईं, ९ मा नगेन्द्र घोर्साइँ र १० मा राजेन्द्र भण्डारीले उम्मेदारी मनोनयन गराएका हुन । वडा नं १ र ७ को वडाध्यक्षमा राप्रपाका तर्फबाट वडा नम्बर २, ६, ८ र ९ मा माओवादी केन्द्र साथै वडा नम्बर ३, ४, ५ र १० मा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वारी दर्ता गराइएको हो ।

मनोनयन दर्तापछि नगर प्रमुखका उम्मेदवार राम थापाले आफू सदैव दमक नगरबासीको साथमा रहेर निरन्तर यहाँको सेवामा लागिपरेको भएपनि यसपटक नगर प्रमुखका रुपमा रहेर नगरबासीको सेवा गर्ने आप्mनो चाहना पूरा हुनै लागेको बताए । आफुहरुको गठबन्धनमा सबैदल, बिचार, समुदायको प्रतिनिधित्व रहेकोले समग्र दमकको बिकासका लागि सबै उम्मेदवारहरुलाई विजयी गराइदिन नगरबासीहरुलाई आव्हान गरे । त्यसैगरी उप प्रमुखकी उम्मेद्वार रेगिना भट्टराई प्रसाईंले पनि नगरका प्रमुख दलहरुको गठबन्धन रहेकाले दमकबासीको साझा अपनत्व हुने गरी बृहत्तर हित र बिकासका लागि नगरबासीहरुले आफूहरुलाई मतदान गर्नेमा ढुक्क रहेको बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय