डोल्पा । स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को विजय सुरुवात भएको छ ।
निर्वाचनका लागि मनोनयन दर्ता गर्ने आज दोस्रो तथा अन्तिम दिन एकीकृत समाजवादीले डोल्पाको दुई गाउँपालिकामा अध्यक्ष र एक गाउँपालिकामा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भइ विजयको सुरुवात गरेको हो ।
निर्वाचन आयोगको जिल्लास्थित कार्यालयले दिएको जानकारी अनुसार कार्के गाउँपालिकाको दुई वडासहित अंगद राना पालिका अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै, थार्का लाङसुङ गाउँपालिकाको अध्यक्षमा दुई वडासहित सोनाम गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचन कार्यालयका अनुसार डोल्पो बुद्ध गाउँपालिकाको दुई वडासहित उपाध्यक्ष पदमा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएकाे छ ।



