काठमाण्डाै – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले आज परीक्षण उडान गरेको छ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज बेलुका पर्यटनमन्त्री प्रेम आलेसहित २ सय ५० जनाभन्दा धेरै व्यक्ति बोकेर काठमाण्डौबाट भैरहवा गएको हो ।

भैरहवाको आकाशमाथि पुगेको जहाज एक फन्का मारेर मात्रै अवतरण भएको थियो । तर अवतरणपछि पनि जहाज झन्डै आधा घन्टा रन वे मै अड्किएको थियो । अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको महाप्रबन्धक गोविन्द प्रसाद दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।

आधा घन्टापछि ह्याङ्गरले तानेर जहाजलाई पार्किङमा लगिएको थियो । गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते नै नेपाल एअरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले गर्दा ढिलाइ भएको थियो ।

विमानस्थलबाट आउँदो जेठ २ गते बुद्ध जयन्तीदेखि नियमित व्यावसायिक उडान हुनेछन् । अहिलेसम्म कुवेतको जजिरा एअरले मात्रै व्यावसायिक उडानको तालिका पक्का गरेको छ ।

तस्बिर : कमलेश विक्रम साहको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88