काठमाण्डाै – सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी यस्ताे व्यवस्था गर्न लागिएको बताउनु भएको हो ।
त्यसका लागि बोर्डले तत्काल सबै सञ्चार माध्यामहरुको सूचीकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको छ । बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीहरुले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईँले बताउनुभयो । बोर्डले आउँदो वर्ष विज्ञापन बजारको अनुसन्धान गरी तिनीरुको साईज यकिन गर्ने, आम सञ्चार माध्यमहरुको लोकप्रियताको समेत यकिन हुने गरी अनुसन्धानको काम सम्पन्न गरी त्यसलाई सार्वजनिक गर्ने योजना पनि तय गरेको छ ।



