काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा लेक लागेर ५५ वर्षीय रुसी नागरिकको मृत्यु भएको छ । राहदानी नम्बर ७५११०३२२४ वाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको हो ।

सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको छ । उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय