काठमाडौं । बिहीवार प्रदेश नम्बर १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नम्बर १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाको भनाइ छ।

साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती प्रदेश नम्बर १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नम्बर १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम–मध्य बंगालको खाडीमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय