विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक नगरपालिकालाई शुक्रबार हुने निर्वाचनमा महत्वका साथ हेरिएको छ । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला हो । यहाँ फरक किसिमको गठबन्धन भएका कारण पनि चर्चामा रहेको छ ।

दमकमा राप्रपाको तालमेल सहितको गठबन्धन रहेको छ । नेकपा एमालेबाट निवर्तमान उपप्रमुख गीता अधिकारी र गठबन्धनबाट राम थापा नगर प्रमुखको रुपमा प्रमुख दाबेदार रहेकाछन् । ५८ हजार मतदाता रहेको दमकको निर्वाचनको बिषयमा चासो र चर्चा छ ।

निर्वाचन अधिकृतको कार्यालय दमकका निर्वाचन अधिकृत केशवप्रसाद पन्तका अनुसार मतदानस्थल लगायत दमकमा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । मतगणनास्थललाई पनि सुरक्षित बनाईएको छ । फलाम र तारजाली लगाएर मतगणनास्थल सुरक्षित बनाईएको छ भने सिसि क्यामेरा पनि जडान भइसकेको छ । मतपत्र तोकिएका कर्मचारी बाहेक कसैले छुन पाउने छैनन् ।

हामीले आवश्यक तयारी पुरा गरेका छौ र मतदाताहरुले सहजरुपमा मतदान गर्ने अवस्था बनाएका छौ, पन्तले भने । मतदानपछि हुने मतगणनालाई पनि ब्यवस्थित गर्ने काम पनि पुरा भएको छ, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर