रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका लिएर भागेका छन् । यमुनामाई गाउँपालिका-२ स्थित मतदान केन्द्रबाट मतपेटिका लिएर भागेका हुन् ।

रौतहटको यमुनामाई गाउँपालिका-२ भिडियाही टोलमा स्थानीयले मतपेटिका नै लुटेर हिँडेका छन् । त्यहाँका स्थानीयबासिन्दाले श्री मावि मतदान केन्द्रको मतपेटिका लुटेका हुन् । उनीहरुले त्यहाँबाट तीनवटा मतपेटिका लिएर खेतैखेत भागेका हुन् ।

यमुनामाई गाउँपालिकाका मतदान अधिकृत हरिप्रसाद शर्माले मतपेटिका लिएर हिंडेपछि अहिले अवस्था सामान्य गर्न लागिएको बताए । ‘प्रहरी प्रशासनले पनि नियन्त्रण गर्न सकेन । २ देखि ३ वटा मतपेटिका लगिएको छ’, उनले भने, ‘मतदान गरिएका मतपेटिका नै स्थानीय लुटेर सडकमा लगेर फुटाइदिएका छन् ।’

यो स्थानमा शुक्रबार मतपेटिका च्यात्नेदेखि झडपसम्मका गतिविधि भएका थिए । त्यहाँ दिउँसो प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास हानेको थियो । यो केन्द्रमा माओवादी केन्द्र तथा नेपाली कांग्रेस र जसपाबीचको गठबन्धनका दलहरुबीच दिनभर तनाव भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88