काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार मत कटाउनु भएको छ ।

ताजा मत परिणामअनुसार शाहले १८ हजार चार सय २१ मत पाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा आठ हजार सात सय ८३ मतले अगाडि हुनुहुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थापितले अहिलेसम्म नाै हजार ६ सय ३८ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले आठ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयरमा भने एमालेकी सुनिता डंगाेलकाे फराकिलाे अग्रता कायमै छ । उहाँले १७ हजार आठ सय २६ मत प्राप्त गर्नुभएकाे छ ।