काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् ।
प्रमुखमा निर्वाचित एमालेका उमेदवार हरिगोविन्द श्रेष्ठले नौ हजार ३५० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवप्रसाद कट्टेलले पाँच हजार ६५८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसकी उमेदवार लक्ष्मी महर्जन नौ हजार ५९१ मतका साथ विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी उमेदवार वीणा सुवेदीले आठ हजार ६८३ मत पाइन् ।



