काठमाडौँ- दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगरलाई पुनः खुला गरिने भएको छ । सांघाईमा आगामी बुधबार अर्थात् जुन १ देखि लकडाउन अन्त्य गर्न लागिएको चिनियाँ अखबार साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

संक्रमणका घटना कम हुन थालेपछि धेरै मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निस्कन अनुमति दिइएको छ । गत साता थप व्यवसायहरूलाई फेरि खोल्न अनुमति दिइएको थियो ।

यद्यपि अधिकांश बासिन्दाहरू उनीहरूको आवास कम्पाउन्डहरूमा सीमित रहेको बताइएको छ ।

सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्दा मास्क लगाउन र भेला नहुन अनुरोध गर्दै आएको छ । ‘सार्वजनिक रूपमा मास्क लगाउनुहोस्, भेला नहुनुहोस् र सामाजिक दूरी राख्नुहोस्’ सांघाई महानगरका स्वास्थ्य आयोगका उपनिर्देशक झाओ डन्डनले दैनिक पत्रकार सम्मेलनमा भने ।

सामाजिक सञ्जालमा देखिएका केही भिडियोमा सहरको मध्यक्षेत्रमा शुक्रबार राति रमाइलो गरिरहेका मानिसहरूलाई प्रहरीले अवरोध गरेर उनीहरूलाई घर जान अनुरोध गरेको देखिन्छ ।

उता राजधानी बेइजिङमा भने कोभिडसम्बन्धी कडा प्रतिबन्ध कायमै छ । संक्रमण घटेपनि बेइजिङमा मानिसका गतिविधिमा भने कठोर प्रतिबन्ध लगाइएको जनाइएको छ ।

सांघाईका अधिकारीहरूले शनिबार निरन्तर सतर्कता अपनाउन आग्रह गरेका छन । लकडाउनका कारण साढे २ करोड मानिस बसोबास गर्ने सांघाईमा व्यापार व्यवसाय प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88