सरकारले विश्व बैंकबाट १२ अर्ब सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर अर्थात करिब १२ अर्ब सहुलियतपूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रीपरिषदको निर्णयहरु सार्वजनिक गर्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय पनि भएको छ । यो सँगै सोमबारको मन्त्रिपरिषद बैठकले विभिन्न २३ वटा निर्णयहरु गरेको छ ।