काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसूति बिदा ९८ दिन पाइने बताएको छ ।

मन्त्रालयले सूचना निकालेर ९८ दिनको तलबसहित बिदा दिन जानकारी दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा पाउने मन्त्रालयले उल्लेख गरेको छ । सुरक्षित मातृत्त्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ अनुसार निजी, गैरसरकारी तथा सरकारी संस्थामा कार्यरत महिलाले ९८ दिनको सुत्केरी बिदा पाउने व्यवस्था छ ।

प्रसूति बिदा नदिएको भन्ने गुनासा सुनिएको भन्दै मन्त्रालयले सूचना निकालेर ९८ दिन बिदा पाइने प्रस्ट पारेको छ ।