ताइवानले स्वतन्त्रताको घोषणा गरेमा बेइजिङले ताइवानमाथि युद्ध सुरु गर्ने चीनले चोतावनी दिएको छ ।

चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग आज शुक्रवार पहिलो पटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै बेङजिङले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने बताउनुभएको हो ।

‘यदि कसैले ताइवानलाई चीनबाट विभाजन गर्ने आँट गर्छ भने लागत जस्तोसुकै भए पनि चिनियाँ सेनाले युद्ध सुरु गर्न पक्कै हिचकिचाउने छैन’, वु कियानले लोइड अस्टिनसँगको बैठकमा रक्षा मन्त्री वे फेन्घेले राखेको भनाइलाई उद्धृत गर्दै गर्नुभयो ।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार चीनको बेइजिङले ‘ताइवान स्वतन्त्रता’ को बहानामा हुने चीनविरोधी षड्यन्त्रलाई नष्ट गर्ने र मातृभूमिको एकीकरणलाई दृढतापूर्वक समर्थन गर्ने प्रतिज्ञा गरिएको जनाएको हो । ‘ताइवान चिनियाँ भूमि’ भएको जोड दिँदै चीनविरूद्ध ताइवानको प्रयोग कहिल्यै विजयी नहुन नसक्ने चिनियाँ रक्षा मन्त्रालयले बताएको हो ।

अमेरिकी रक्षा मन्त्रालयले बताएअनुसार सिङ्गापुरमा भएको वार्ताका क्रममा अस्टिनले आफ्नो चिनियाँ समकक्षीलाई बेइजिङले ‘ताइवानतर्फ थप परिवर्तन गर्ने कार्यहरूबाट अलग रहनुपर्छ’ भन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah