काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले परराष्ट्र मन्त्रालय मातहतका महावाणिज्य दूतावासको भूमिकाबारे प्रश्नचिन्ह खडा गरेका छन् । प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले आवश्यकता नभएका देशका महावाणिज्य दूतावास बन्द गर्नुपर्ने बताए ।

उनले कूटनीतिमा कति कुसलता हासिल भयाे भनेर समेत प्रश्र गरे । उनले भने, ‘परराष्ट्र मन्त्रालयले धेरै महावाणिज्य दूतावास खोलेको छ । त्यसले आर्थिक कूटनीतिमा कति सफलता हासिल गरेको छ नेपालले ? त्यो कार्यालयको खर्च जति भएको छ, त्यति पनि त्यो देशसँग आर्थिक कारोबार भएको छ कि छैन ?’

पार्टीहरूले आफ्ना कार्यकर्ता, आफ्नै आसेपासे र केही थान कर्मचारीको लागि महावाणिज्य दूतावास खोल्ने प्रवृत्ति मौलाएको उनले आरोप लगाए । उनले भने, ‘त्यसले नेपाली जनतामाथि आर्थिक भार भइरहेको छ । त्यसमा ध्यान जानुपर्ने हुन्छ ।’

जुन देशमा नेपालको व्यापार छैन, त्यहाँको महावाणिज्य दूतावास बन्द गर्नुपर्ने सांसद सिंहले बताए । अब मुलुक पहिलाको जस्तो परम्परागत कूटनीतिभन्दा आर्थिक कूटनीतितिर जान जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88