काठमाडौं । सरकारले विद्युतीय कमर्शियल गाडीको प्रयोग बढाउन भन्दै यसअघि लाग्दै आएको सडक निर्माण दस्तुरमा ५० प्रतिशतले छुट दिएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटबाट यसरी लाग्ने कार घटाइएको हो ।

सरकारले यसअघि मूल्यको ५ प्रतिशत सडक निर्माण कर लगाउँदै आएको बस, मिनिबस, कार्गो भ्यान लगायतका विद्युतीय साधनमा लाग्ने सडक कर घटाइएको हो ।

धक्का दिने विद्युतीय मोटर मात्र भएका बस, मिनिबस, माइक्रोबस र शिर्षक ८७.०४ मा पर्ने धक्का दिने विद्युतीय मोटर मात्र भएका ढुवानीका साधन (तीन पांग्रे बाहेक) का साधनमा मूल्यको २.५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको हो ।

यसले निकै धेरै मूल्यमा आउने विद्युतीय सार्वजनिक सवारीसाधनको आयातमा केही भएपनि सहयोग पुग्ने देखिन्छ ।

सार्वजनिक साधनमा प्रयोग हुने गाडीमा सडक निर्माण कर छुट दिने घोषणा बजेटले गरेपनि कार, जीपमा लाग्ने कर भने यथावत राखिएको छ । साथै, विद्युतीय मोटरसाइकल, स्कुटर र टेम्पोमा लाग्ने कर पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर