दमक/ झापासंग सिमा जोडिएको मोरङ को उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले औपचारिक रुपमा आइतबारदेखि दमकमा सेवा केन्द्र शुरु गरेको छ । दमक ६ स्थित जेसीज चोकमा संस्थाको सेवा केन्द्र कार्यालय शुरु भएको हो।

सहकारी संस्थाका अध्यक्ष गोपाल भट्टराई, लेखा समिति संयोजक राजु तिम्सिनासहित शेयर सदस्यहरुले सामुहिक रुपमा सेवा केन्द्र उद्घाटन गरेको सहकारीका कार्यकारी प्रमुख थरेन पौडेलले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१२ बर्ष अघि उर्लाबारीमा स्थापना भएको सहकारीले यो संगै ३ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। मोरङको मिक्लाजुङस्थित मधुमल्ला र पथरीशनिश्चरेस्थित पथरी बजारमा सेवा केन्द्र यस अघि नै शुरु भएको थियो ।

सहकारीलाई सहकारीका सदस्यहरुको मनोभावाना अनुसार कल्याणकारी कार्यक्रमहरुमा जोडने उदेश्य राखिएको सहकारीका अध्यक्ष भट्टराईले बताए ।

दमकबासीहरुको विश्वास र साथका कारण नै यहाँ सेवा केन्द्रको कार्यालय सञ्चालनमा आएको पनि जनाईएको छ ।