लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारमा रहेकाे धारापानीमा ‘अधिकारी वर्कसप’मा आगलागी भएको छ ।

भोटेओडारका रामचन्द्र अधिकारीले सञ्चालन गर्दै आउनुभएको वर्कसपमा आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । वर्कसप नजिकै रहेको बिजुलीको पोलको तार सर्ट आगलागी भएको थियाे ।

वर्कसपमा सर्भिसिङका लागि ल्याइएको एउटा मोटरसाइकल, २ वटा स्कुटर र ७ वटा पुराना (कवाडी) मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी भएको खबर पाउने बित्तिक्कै प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएकाे उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर