काठमाडौंको बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ । केही दिन अघि एकै परिवारका दुई दिदीबहिनीमा देखिएको हैजा धारा र ट्युवबेलको पानीबाट संक्रमण भएको पुष्टि भएको हो ।

उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नमुना परीक्षण गर्दा उनीहरुले पिउने पानीको इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको महाशाखाका निर्देशक डा. चुम्मनलाल दासले जानकारी दिए ।

उनका अनुसार इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो । हैजा देखिएका अन्य क्षेत्रको पानीको पनि नमुना परीक्षण भइरहेको उनले बताए । यस्तै आज पनि थप एक जनामा हैजा देखिएको महाशाखाले जनाएको छ । योसँगै काठमाडौंमा ५ जनामा हैजा पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय