काठमाडौँ- नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई शपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । .

शनिबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने भन्दै तत्काल पार्टीले सिफारिस गर्नेका नयाँ मन्त्रीहरूलाई शपथ गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादीबाट सिफारिस भएका व्यक्तिहरूको शपथमा ढिलाइ भए अपमानका रूपमा बुझिने बताए । उनले मन्त्री परिवर्तनको सूचीमा हेरफेर नहुने र यसअघि गरेको निर्णय हुबहु कार्यान्वयन हुने जानकारी दिए। मन्त्री हेरफेरका विषयमा कुनै माग कुनै सर्त वा कुनै निवेदनले काम नगर्ने भन्दै कुनै विषयमा छलफल गर्नुपर्ने भए बैठकमा नै छलफल हुने जिकिर गरे।

बैठकले गठबन्धनलाई जोड दिँदै पारस्परिक लाभका आधारमा अन्य दलसँग सहकार्य गर्न गठबन्धन गर्न समाजवादी तयार भएको निष्कर्ष निकालेको छ । उनले देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन देखा परेको र समाजवादीको भूमिका आवश्यक रहेको देखिएको निष्कर्ष रहेको बताए।

बैठकमा आम निर्वाचनको तयारी गर्ने लगायतका विषय समेटिएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रूपमा छलफल हुने उनले जानकारी दिए। खबर हब बाट