
दमक/ शनिबार ( गएराती) एम्बुलेन्सको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका वडा नं ४ स्थित कोशी लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट सोही ठाउँका ६९ बर्षिय मंगल रामको मृत्यु भएको हो ।
ट्राफिक प्रहरीका अनुसार राती ८ बजे दक्षिणबाट उतर तर्फ आउदै गरेको को १ च ४४१४ नम्बरको ऐम्बुलेन्सले बाटो क्रस गर्दै गरेको साईकल यात्री रामलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते उनको विराट मेडिकल कलेजमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको हो ।
त्यसैगरी सोही राती बुढीगंगा ४ मा रहेको प्रिमियर वायर फ्याक्ट्रि स्थित कोशी लोकमार्गमा दक्षिणबाट उतर तर्फ आउदै गरेको प्र १ –०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही फैक्ट्रीमा कार्यरत सुरक्षागार्ड राम श्रेष्ठको मृत्यु भएको छ । पैदल यात्रा गरिरहेका भोजपुर अरुण गाउँपालिका ५ का स्थायीबासिन्दा २६ बर्षिय श्रेष्ठको मृत्यु भएको हो । राती साढे ८ बजे भएको सो दुर्घटनाका घाईते श्रेष्ठको आज बिहान करिब साढे ४ बजे उपचारका क्रममा विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक ईटहरी ४ का २५ बर्षिय बिकाश श्रेष्ठ र २३ बर्षिय शेसल परियार घाईते भएका ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ८ मालबारी चोकमाभित्रि कच्चि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्रदेश नं.१–०१–०१५ प ४३२० नं.को स्कुटरले साइकल यात्री सोही ठाउँका १० बर्षिय निशान निरौलालाई ठक्कर दिदा सामान्य घाईते भएका छन ।