दमक/ पाँचथरको रविबाट दमक तर्फ आउँदै गरेको बोलेरो गाडी माङसेबुङ २ दहगाउँ भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेका छन् ।
प्रहरीका अनुसार आज आइतबार दिउँसो १२ बजे रबिबाट दमक तर्फ आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी सडकबाट ्करिब २ सय मिटर तल खसेर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी हिम प्रसाद र पक्राशको घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । निष्कर्ष न्यूज बाट साभार



