सिरहाको लहानमा गोली चल्दा एक युवक घाइते भएको छ। आफ्नै साथीहरूले चलाएको गोली पेटमा लाग्दा लहान नपा २२ वेलहीका १८ वर्षीय दिलीप मुखिया घाइते भएका हुन्। घाइते मुखियाको स्थानीय स्तरमा उपचार हुन नसकेपछि उपचारका लागि धरान लगिएको पठाइएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ।

उनीहरू गाउँमै नवीन चौधरीको घरको माथिल्लो तल्लामा बसेर मोबाइलमा पब्जी गेम खेल्दै गरेको बेला १९ वर्षीय सुरज मुखियासँग भएको पेस्तोल सँगै रहेका १५ वर्षीय सुशान्त चौधरीले लिएर ख्यालठट्टामा चलाउँदा मुखियाको पेटमा गोली लागेको प्रहरीको भनाई छ।

पब्जी खेलेर बसिरहेका बेला पब्जीमा जस्तै गोली चलाउँदा कस्तो हुन्छ भन्दै गोली चलाउँदा गोली मुखियाको पेटमा गोली लागेको बताइएको छ। दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी कुमार मैनालीले जानकारी दिए। उनीहरूको साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ७.६५ लेखिएको ५ थान गोली र एक थान खोका समेत बरामद गरेको जनाएको छ।

प्रहरीले सुशान्त चौधरीको घर छेउको बाँसघारीबाट कटुवा पेस्तोल एक थान, त्यसका लाग्ने गोली ५ गोली, ७.६५ लेखिएको गोली ४ थान बरामद गरेको छ। उनीहरू लागुऔषध सेवन कर्ता समेत रहेको बुझिएको छ।
उनीहरुले यो पेस्तोल र गोली कहाँबाट ल्याएको भन्ने अझै खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah