काठमाडौँको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार राति कोटेश्वरमा बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ५२ वर्षीय देवकुमार सेन छन्। उनको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा हायसका सहचालक पनि घाइते भएका छन्।

चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।