ÿØÿà JFIF  ` ` ÿþ केही समय पहिले धेरै उतार चढाब भोगेकी समीक्षा अब भने पुरानै लयमा फर्कदै - Sawal Nepal

गायिका समीक्षा अधिकारी फेरी पुरानै लयमा फर्कन लागेकी छन् । केही समय पहिले उतार चढाब भोगेर केही विवादमा तानिएकी उनी पुनं पुरानै लयमा फर्कन लागेकी छन् । कुनै समय समीक्षा दैनिक ७ वटासम्म गीत गाउने उनले केही समय गायनबाट विश्राम लिइन् । अहिले भने नी सामान्य दिनचर्यामा फर्किएकी छन्। गायनमा व्यस्त हुन थालेकी छन्।

गीतको म्युजिक भिडिओ छायांकन स्थलमा देखिन थालेकी छन्। उनले पछिल्लोपटक गाएका ‘छ नि हजुर’, ‘झरी बनी आउन’ चिना र जोखना लगायतका गीत गाइन् । जुन गीत ले राम्रो चर्चा पाए । धेरैजसो लोक गीत गाउने समीक्षाले हिजोआज क्लासिक तथा आधुनिक गीत पनि गाउन थालेकी छिन्।

गायनमा सफलतासँगै एक दिन नायिका बन्ने सपना बोकेर कला क्षेत्रमा आएकी समीक्षा गायनमा आफ्नो पुरानै ‘क्रेज’ फर्काउने कसरतमा लागेकी छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर