गायिका समीक्षा अधिकारी फेरी पुरानै लयमा फर्कन लागेकी छन् । केही समय पहिले उतार चढाब भोगेर केही विवादमा तानिएकी उनी पुनं पुरानै लयमा फर्कन लागेकी छन् । कुनै समय समीक्षा दैनिक ७ वटासम्म गीत गाउने उनले केही समय गायनबाट विश्राम लिइन् । अहिले भने नी सामान्य दिनचर्यामा फर्किएकी छन्। गायनमा व्यस्त हुन थालेकी छन्।

गीतको म्युजिक भिडिओ छायांकन स्थलमा देखिन थालेकी छन्। उनले पछिल्लोपटक गाएका ‘छ नि हजुर’, ‘झरी बनी आउन’ चिना र जोखना लगायतका गीत गाइन् । जुन गीत ले राम्रो चर्चा पाए । धेरैजसो लोक गीत गाउने समीक्षाले हिजोआज क्लासिक तथा आधुनिक गीत पनि गाउन थालेकी छिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गायनमा सफलतासँगै एक दिन नायिका बन्ने सपना बोकेर कला क्षेत्रमा आएकी समीक्षा गायनमा आफ्नो पुरानै ‘क्रेज’ फर्काउने कसरतमा लागेकी छन् ।