झापा । झापाका पेट्रोल पम्पहरूमा हुने श्रृंखलाबद्ध चोरी घटनामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सङ्खुवासभा जिल्ला मकालु गाउँपालिका- ३ घर भई हाल झापाको बिर्तामोड नगरपालिका- १ मा बसोबास गर्ने ३५ वर्षीय देवराज तामाङ रहेको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

पूर्व-पश्चिम राजमार्गसँग जोडिएका विभिन्न पेट्रोल पम्प र सिमेन्ट उद्योगबाट लाखौँ रकम चोरी गरेको आरोप तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनिमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा एसपी पोखरेलले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार असार १७ गते राती अन्दाजी साढे १० बजेको समयमा मेचीनगर १३ तेलीवारीस्थित मेट्रो ट्रेडिङ हाउसको पेट्रोल पम्पको भुईँ तलामा आवाज आएपछि पम्पका ट्याङ्कर चालक इलाम नगरपालिका ९ का २५ वर्षीय किरण दाहाल र उनका साथीहरू समीर मिश्र र देवेन्द्र चौहान आवाज आएको स्थानमा हेर्न पुगे । चोरी गर्न त्यहाँ पुगेका तामाङ फलामको औजार डाई ९रड०, पेच कस लिई पेट्रोल पम्पको काउन्टरको झ्याल फोर्दै गरेको अवस्थामा उनीहरूले फेला पारे । त्यसपछि चोर तामाङलाई पक्राउ गर्न खोज्दा उनले उल्टै उनीहरूमा रड प्रहार गरे । रड प्रहारबाट समीर मिश्र घाइते भएका थिए । सोही क्रममा उनीहरूले नै प्रहरीको सहयोगमा तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर चोरी तथा ज्यान मार्ने उद्योग कसुर मुद्दामा अनुसन्धान अघि बढाएको एसपी पोखरेलले बताए । तामाङले असार ५ गते राती मेचीनगर ७ मदनबस्ती स्थित सनईराज सिमेन्ट प्रा।लिको दुई तला भएको पक्की अफिस भवनको भुईँ तलाको कोठाको ताला तोडेर एक लाख पचास हजार चोरी गरेका थिए । त्यस्तै सोही राती नै मेचीनगर ७ टोलस्थित राधाकृष्ण ईण्डष्ट्रिज चामल मिलको अफिस कोठाको अगाडीको झ्यालको ग्रिल तोडफोड गरी दुई वटा सिसी क्यामेराको तार चुँडाई अफिसको टेबलको घर्राको लक फोडेर नगद ४२ हजार र मेचीनगर ७ ईटाभट्टा स्थित प्रनिक आयल स्टोरको अगाडी काउन्टरको झ्यालको ग्रिल तोडफोड गरी टेबलको लक्करबाट ६ लाख रुपैयाँ चोरी गरेका थिए ।

त्यसैगरी उनले असार ११ गते राती १० बजे बिर्तामोड नगरपालिका २ स्थित आसमा ट्रेडर्स एन्ड सप्लायस ९पेट्रोल पम्प० को ढोका फुटाएर भित्रबाट रु ७ लाख ३६ हजार ८९६ रुपैयाँ र सोही राती झापा कनकाई नगरपालिका ७ दुर्गापुर स्थितमा गरमकाली पेट्रोल पम्पबाट १५ हजार चोरी गरेका थिए । गत जेठ ३१ गते राती कमल गाउँपालिका ५ स्थित गीता पेट्रोल पम्पको ढोका फुटाएर नगद ५ लाख रुपैयाँ समेत उनले चोरी गरेको प्रहरी समक्ष बयान दिएका छन् । टाइम्स अफ प्रदेश बाट