मोरङ बुढीगंगा–१ की ममता यादव एक वर्षकी छोरीलाई घरमा पारिवारका साथ छाडेर एमबीबीएस अध्ययनका लागि काठमाडौं आएकी थिइन् । एक्कासी उनलाई ससुरा बुवाले छोरी हराएको जानकारी फोनबाट दिएपछि काठमाडौंबाट विमानमा विराटनगरको यात्रा पनि निकै लामो भयो । पलपल छट्पटीमा बिताइन् उनले ।

विराटनगर पुगेर पनि उनलाई चैन थिएन । आफ्ना ससुराबुबासँग कुरा गर्न नपाउँदै बेहोस् बनिन् । उनलाई स्थानीय मेडिकलमा स्लाइन पानी चढाएर राखियो । एकएक सेकेन्ड पोल्थ्यो उनलाई, छोरीको चिन्ताले सताउँथ्यो । ‘बेलाबेलामा उनको होस आउँथ्यो, आफ्नो बच्चाको बारेमा सोधपुछ गर्थिन्, भेटिएको छैन भन्ने भएपछि फेरि बेहोस् हुन्थिन्,’ उनको ससुराबुबा दिपक यादवले भने ।

प्रहरीलाई खबर गरिएको थियो । उजुरी पनि गरियो । निरन्तर प्रशासनले खोजी ग¥यो । मिडियामा समाचार आयो । सबैले सहानुभूति व्यक्त गरे । छरछिमेकले खोजीमा भरपुर सहयोग गरे । जसको परिणाम प्रहरीले बालिका अपहरणमा परेको ४८ घण्टापछि सफलतापूर्वक उद्धार ग¥यो । ‘म यस विषयमा केही बोल्न चाहन्नँ, मैले मेरो बच्चा पाएँ,’ बालिका फेला परेपछि ममताले भनिन् ।

अपहरण भएको झण्डै ४८ घण्टापछि उनले आफ्नो छोरीलाई अँगालोमा हाल्न पाइन्, उनका गहभरि आँशु थिए । निकैबेर बच्चालाई खेलाइन् । हर्षका आँशु झारिन् । उनीमात्रै होइन, बालिकाको बुबा दिपेन यादव, हजुरबुबा दिपक यादव सबैले पालैपालो बालिकालाई बोके, म्वाइ खाए । ‘खै के भन्ने सर ! पीडा र खुसीको सीमानै रहेन,’ बालिकाका हजुरबुबा दीपक यादवले भने ।

प्रेमको नाटक गरेर छोरी अपहरण र फिरौती माग्ने योजना

बालिकालाई अपहरण गर्ने दुई जना विराटनगर–५ की अनु साह र विराटनगर–६, रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साह प्रेमी–प्रेमिका हुन् । रविन्द्रकुमार साह अपहरणको मुख्य योजनाकार थिए । रविन्द्रले अनुलाई बालिकाका बुबा दिपेनसँग फेसबुकमार्फत चिनजान गर्न लगाए । दिपेनकी श्रीमती ममता एमबीबीएस अध्ययनका लागि काठमाडौंमा थिइन् । दिपेनले पनि प्रेम सम्बन्धलाई प्रगाढ बनाए । कुराकानी भइरह्यो । तर, अनुले भने प्रेमको नाटक गरेकी थिइन् ।

साथी रविन्द्रकै योजनामा आफ्नो छोरी अपहरणको योजना बन्छ भन्ने पनि दिपेनलाई विश्वास थिएन । तर, रविन्द्रकै योजनामा छोरी निकिशा यादवलाई विराटनगर–१२, रोडशेष चोकछेउबाट अपहरण गरिएको थियो । २ वर्षदेखि चिनजानमा रहेकी अनुले योजनाबद्ध रुपमा दिपेन यादवलाई बच्चा हेर्नुछ भन्दै बोलाएकी थिइन् । यादवले पनि आफ्नो १ वर्षे बालिकालाई कारमा लिएर अनुलाई देखाउन रोडशेष ल्याएका थिए । त्यही क्रममा चिया खाने निहु बनाएर अनुले दिपेनको आँखा छलेर बच्चा लिएर भागेकी थिइन् । अनुसन्धानका क्रममा अनुले बच्चा लिएर आउँदा रविन्द्र साह मोटरसाइकल लिएर स्टेण्डबाइ बसेको खुलेको प्रहरीले जनाएको छ ।

त्यसपछि रविन्द्र साहको मोटरसाइकलबाट दुहबी, इनरुवा, सप्तरीको राजविराज हुँदै बालिकालाई कुनौली पु¥याए । उक्त स्थानबाट भारतीय गाडी रिजर्भ गरी बालिकालाई दरभंगा पठाइयो । रविन्द्र कुमार साह सोही दिन विराटनगर फर्किए । योजनाकार रविन्द्रले अनु साहको मोबाइलमार्फत पीडित परिवारलाई फेसबुकमा बालिका हराएको विवरण हटाउन धम्कीसमेत दिएका थिए । भारतको दरभंगामा अनु साह ती बालिकालाई लिएर दुई दिनदेखि बस्दै आएकी थिइन् । खोजी गर्ने क्रममा बुधबार बिहान ८ बजे नेपाल–भारत बोर्डर एरियाबाट अपहरित बालिकाको सकुशल उद्धार गरिएको र अनुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

यस्तै घटनाका योजनाकार रविन्द्र साहलाई भने बुढीगंगा–१ स्थित निजले सञ्चालन गरेको श्रीराम टे«डर्सबाटै प्रहरीले पक्राउ गरेको थियो । उनीहरु दुवै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । रातो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah