काठमाण्डाै - पहिराे खसेपछि बन्द भएकाे नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।

बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ ।