बागलुङ । दुवै मिर्गौला फेल भएर काठमाडौँमा उपचार गराई राखेका बागलुङ काठेखोला गाउँपालिका-७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक संकट पैदा भएको छ । कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ ।

पाँच महिनादेखि दुवै मिर्गौला फेल भएर काठमाडाैं शिक्षण अस्पतालमा उपचाररत किसानको उपचारमा परिवारको रु सात लाख खर्च भइसकेको छ । घरको आर्थिक अवस्था कमजोर भएको र ज्याला मजदुरी गरेर जीवन चलाउँदै आएका थिए ।
उनको दुवै मिर्गौलाले काम नगरेको र डाइलासिस गरिरहे पनि अहिले प्रत्यारोपण गर्न आवश्यक देखिएको परिवारका सदस्य गमबहादुरका दाजु हेमराज किसानले बताए ।

‘घरको जायजेथाअनुसार उपचार गरिरहेका थियौँ, मिर्गौला फेर्न आवश्यक देखियो, जसका लागि आर्थिक संकट पैदा भयो, आफन्तहरूले समेत सहयोग गरिसके’, हेमराजले भने, ‘उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गरेका छौँ, भाइको जीवनरक्षाका लागि सबैको सहयोगको आवश्यकता छ, परिवारका सदस्यबाट समेत मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने देखिएकाले झनै समस्या सिर्जना भएको छ ।’

बागलुङ बजारको एक ग्रिल उद्योगमा कार्यरत किसान काम गर्दागर्दै बेहोस भएर ढलेपछि मात्रै मिर्गौला फेल भएको पत्ता लागेको थियो । उपचारका लागि पोखरा चार हप्ता राखेपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो । उहाँको अहिले नियमित डायलासिस भइरहे पनि जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गर्न आवश्यक देखिएको छ ।

उनको उपचारमा अझै रु सात-आठ लाख खर्च लाग्ने देखिएपछि आर्थिक अवस्था कमजोर भएको गमबहादुरको परिवारले सहयोगको याचना गरेको हो । मिर्गौलापीडित गमबहादुरलाई सहयोग गर्नका लागि उनका दाजु हेमराजको मोबाइल नं ९८६०६९७३३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । आर्थिकरूपमा कमजोर परिवारमा दुवै मिर्गौला फेल भएपछि कहीँकतैबाट आर्थिक रकम जुटेमा गमबहादुर किसानले नयाँ जीवन पाउनेमा उनको परिवार आशावादी रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com