काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।

पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।

हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्व हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ ।