अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले झापाको कचनकवलमा भएको सामूहिक आत्महत्याको विषयमा गहन अनुसन्धान गर्न माग गरेको छ ।

एउटै रुखमा कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा कचनकवल–५ की १६ वर्षीय करिना, १७ वर्षीय अञ्जली र १६ वर्षीय कल्पना गणेश मृत अवस्थामा फेला परेका थिए । उक्त घटना हत्या या आत्महत्या हो भन्दै क्रान्तिकारीले सत्यतथ्य सार्वजिनक गर्न माग गरेको छ ।

पछिल्लो समय अपराधका घटना बढेको भन्दै क्रान्तिकारीले चिन्ता समेत ब्यक्त गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का इन्चार्ज खगेन्द्र सिटौलाद्वारा हस्ताक्षरित विज्ञप्तीमा देशको राजनीतिक तथा शैक्षिक अवस्थाका विषयहरु पनि उठान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय