काठमाडौँ । खोलाले बगाउँदा नुवाकोटको बेलकोटगढी नगरपालिकाकी एक महिला वडा सदस्यको मृत्यु भएको छ ।

वडा नम्बर १२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मंगलबार साँझ निधन भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो ।

खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्वारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो।

तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताउनुभयो ।

उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट महिला सदस्यमा निर्वाचित भएकी थिइन्।