उड्न लाग्दा समस्या देखिएपछि यति एयरलाइन्सको जहाज विमान विराटनगर विमानस्थलमै रोकियो

उड्न लागेको विमानमा समस्या देखिएपछि यति एयरलाइन्सको जहाज विराटनगर विमानस्थलमै रोकिएको छ । आज बिहान साढे सात बजेतिर ६० जना यात्रु लिएर काठमाडौंका लागि उड्न लाग्दा खराबी देखिएपछि जहाज विमानस्थलमै रोकिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उड्न लाग्दा वाइटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजमा समस्या आएको हो । एक्कासि खराबी आएपछि जहाजलाई विराटनगरमै रोकिएको यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले बताए ।

परीक्षण गरेर समस्या समाधान गरेपछि नियमित उडान हुने उनले जानकारी दिए ।