झापा । शहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयअन्तर्गत निर्माण भइरहेका झापाका विभिन्न आयोजनाको निरीक्षण गरेका छन् । सोही क्रममा उनले दमक-३ मा बन्दै गरेको १८ तले भ्युटावरको अनुगम गर्दै भ्युटावरको नाम परिवर्तन गर्न निर्देशन दिएका छन् । अहिले सो भ्युटावरलाई दमक भ्युटावर भनिँदै आइएको छ ।

‘भ्युटावरको नाम परिवर्तन गर्न भनेको छु । यो बिजनेस कम्प्लेक्स हो । माथि चढेर हेर्ने भ्युटावर मात्र हैन, बिजनेसका लागि बिल्डिङ बनेको हो,’ उनले भने, ‘यसको नाम स्थानीयको मनोविज्ञानका आधारमा राख्नु पर्छ । दमक नगर उपप्रमुख ज्यू (रेगिना भट्टराई) लाई नामाङ्कनका लागि सुझाव पठाउन भनेको छु ।’

दमक-३ टुकुरे नजिकमा धमाधम भ्युटावर बन्दै छ । तर, यस क्षेत्रका स्थानीय कच्ची सडकमा हिँड्न बाध्य छन् । शुद्ध पिउने पानीसमेत नभएको ठाउँमा विकासको नाममा भ्युटावर बाहेक केही नरहेको अवस्थामा मन्त्री चौधरीले यस्तो निर्देशन गरेका हुन् । उनले भ्युटावरलाई जोड्ने विकासका काम पनि अघि बढाइने बताएका छन् । ‘भ्युटावरलाई सपोर्ट गर्ने रोड बन्नुपर्छ । यसलाई लिंक गर्ने भौतिक निर्माणका काम पनि गर्नुपर्छ,’ मन्त्री चौधरीले भने ।

उक्त भ्युटावर निर्माण कार्य ६३ प्रतिशत सकिएको छ । भ्युटावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए । ठेक्का लाग्दा ०७८ पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको थियो । पछि ०७९ असार मसान्तसम्म समय मागिए पनि काम नसकिएपछि पुनः एक वर्षका लागि थप समय मागिएको निर्माण कम्पनी इन्जिनियर सर्जल बिडारीले जानकारी दिए । ‘कोभिडका कारण पनि समयमा काम गर्न सकिएन । त्यसपछि चुनावमा पनि काम गर्ने मान्छे भेटेनौँ,’ उनले भने, ‘अब एक वर्षमा चाहिँ काम सक्छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah