काठमाडौँ । जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्री नियुक्त गरेकी थिइन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सिफारिस र प्रधानमन्त्री शेरबहादुर देउावसमेतको इच्छामा शर्मा फेरि अर्थमा फर्किएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२९ असार २०७८ मा अर्थमन्त्री बनेका शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो।

त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए। तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो। १७ दिन लामो छानबिनपछि संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आइतबार पुनः अर्थको जिम्मेवारी सम्हालेका हुन्।