काठमाण्डाै - झापा, सुनसरीलगायत जिल्लामा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले सूचना निकालेर झापाको दमक, उर्लाबारी र शनिश्चरे चन्द्रागढी आसपासका क्षेत्रमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
यस्तै, सुनसरीको बूढी खोला, खेसलिया खोलालगायत क्षेत्र भइ बहने साना नदी तथा खोलामा बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । .
https://twitter.com/DHM_FloodEWS/status/1553842410694021120?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1553842410694021120%7Ctwgr%5Eebc701f0e63b61f8a4890b8f3b626cce0f8a7e0d%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F73547%2F2022%2F8%2F1%2Fjhapa-sunsari-possibility-of-flood










