राष्ट्रिय

झापाको कमल खोलामा पौडी खेल्ने क्रममा एक जना बेपत्ता


  सुनसरी   सवाल नेपाल   २०७९ श्रावण १७, मंगलवार २१:४९

झापाको गौरादह- ९ स्थित बैगुन्धुरा सरङ्पाडा भएर बग्ने कमल खोलामा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएको छ । बेपत्ता हुने कमल गाउँपालिका- १ बस्ने १८ वर्षीय उज्ज्वल खरेल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार दिउँसो २ बजे साथीहरूसँग खरेल पौडी खेल्न गएका थिए । पौडी खेलिरहेका तीन जना सकुशल निस्किए पनि खरेल बेपत्ता भए । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

१ नम्बर प्रदेश विपद् व्यवस्थापन कार्यालय भद्रपुरबाट प्रनि काशीनाथ रेग्मी को कमान्डमा १४ जना, इलाका प्रहरी कार्यालय झिलझिले, सशस्त्र बेस क्याम्प बैगुनधुरा र अस्थायी प्रहरी चौकी बैगुन्धुराको टोलीले उनको खोजी गरिरहेको जनाएको छ । टाइम्स अफ प्रदेश बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार