राष्ट्रिय

पानीको बहाबमा नियन्त्रण नआएपछि काेशी ब्यारेजका ५६ मध्ये ४६ ढोका खुला


  सुनसरी   सवाल नेपाल   २०७९ श्रावण १९, बिहीबार १३:३९

काठमाडाैं । पूर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्र भएपछि सप्तकोसी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन् ।

सप्तकोसी ब्यारेज हुँदै २ लाख ४३ हजार १८० क्युसेक प्रति सेकेण्डका दरले पानीको बहाबमा नियन्त्रण नआएपछि काेशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।

कोशी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब भने अझै कम नभएको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयाे ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार अविरल तथा तीव्र बहाबका कारण कोशीले उदयपुरमा २ हजार ५ सयभन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार