केबि महरा /काठमाण्डौ:- सिमानामा काँडेतार अभियान तथा सामना फिल्मस् प्रालिको आयोजनामा “चलचित्र काँडेतार: नेपाल र छिमेकीसँगको सुमधुर सम्बन्धको लागि प्रस्तावना” विषयक विचारविमर्श कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रभावशाली नेता डा भीम रावलले चलचित्र काँडेतार निर्माणका लागि शुभकामना दिनुभएको छ। कार्यक्रममा बोल्दै डा रावलले हाम्रो देशको स्वाधीनता, स्वतन्त्रता, राष्ट्रिय अखण्डता तथा स्वाभिमानको रक्षाकालागि यसरी कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरेका छन्।

काँडेतार चलचित्र केवल सिमानामा तारबार लगाउने विषय मात्र नभएर देशको सुरक्षाको अभिव्यक्ति पनि भएको डा. रावलले भनेका छन्।
डा. भीम रावलले केही समय अघि नेपाली सेनाका प्रधासेनापतिले दिएको अभिव्यक्तिको प्रसङ्गलाई संकेत गर्दै भनेका छन् “नेपाली सेना हाम्रो देशको भौगोलिक अखण्डताका लागि देशको सिमाना रक्षाका खातिर अन्तिम र भरपर्दो शक्ति हो ,यसरी सेनाले पनि काँडेतार लगाउनु पर्छ भन्नुको तात्पर्य बदलिँदो विश्व परिवेशमा अब हाम्रो सिमानाले ठूलो सुरक्षा खोजिरहेको छ, भन्न खोज्नभएको हो भन्ने मैले ठानेको छु।”
डा. रावलले विश्वका अन्य मुलुकको उदाहरण दिँदै अमेरिका जस्तो शक्तिशाली राष्ट्रले समेत मेक्सिको सङ्गको सिमानामा ठुलो पर्खाल लगाएको र दोश्रो विश्वयद्धपछि शक्ति राष्ट्रहरूले आफ्नो सिमाना थप मजबूत बनाउन काँडेतार, पर्खाल लगाउने अभियान व्यापक चलाएको बताएका छन्।

कार्यक्रमा बोल्दै डा. भिमारावलले अघि भनेका छन्,’ सीमा नियन्त्रण राज्यको सार्वभौम अधिकारको एउटा सशक्त अभिरुचि हो, अध्यागमन, नियन्त्रण र नियमनले सम्बन्धित देशको नागरिकलाई सुरक्षाको प्रत्याभूति प्रदान गर्नुको साथै अपनत्वको भावना सृजना गर्छ ।
जून देशको सीमा सुरक्षा गरिएको हुँदैन त्यहाँका नागरिकले असुरक्षित महशुस गरिरहन्छन्। बढ्दो आप्रवासी, लागूपदार्थको तस्करी, मानव बेचबिखन, हातहतियारको अवैध ओसारपसार, बढ्दो विश्वव्यपिकरण सँगै व्यापार संतुलन तथा नियन्त्रणका लागि सबै सार्वभौम मुलुकले आफ्नो सिमाना नियन्त्रण तथा नियमन गरेको हुन्छ । नेपाल मात्रै एउटा त्यस्तो देश हो,जसले संसारका सबैभन्दा धेरै जनसंख्या रहेका दुई देशका बीचमा रहेर पनि कुनैबेलाको शासकको सनकका भरमा सिमानालाई अन्तराष्ट्रिय कानून बमोजिम नियमन गर्न नसक्नु दुःखद् विषय भएको उहाँले बताउनभयो ।

आफ्नो सिमाना नियमन गर्ने कुरा कुनै अर्को राष्ट्रप्रति द्वेषभाव रहेको भन्ने अर्थ हुँदैन।अन्तराष्ट्रिय संधि र संयुक्तराष्ट्रसंघको वडापत्र अनुसार सिमानाको नियमन/नियन्त्रण हुन अत्यावश्यक हुन्छ।’ डा. भीम रावलले भनेका छन्।
साथै उनले हाम्रो देशको भूभाग लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कालापानी जस्ता ७० भन्दा बढी स्थानमा भारतीय पक्ष द्वारा नेपालको सिमाना अतिक्रमण हुँदा समेत हाम्रो सरकार दरिलो रुपमा बोल्न नसक्नेहो भने देश विलय भएर जाने खतरा रहेको औंल्याएका छन्। यथासिघ्र सन् १९५० को असमान संधि पुनरावलोकन गरिनु पर्ने धारणा समेत उनले व्यक्त गरेका छन्।

कार्यक्रममा डा.भिम रावल – नेता, नेकपा (एमाले), नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङ, नेपाली कांग्रेसका नेता रामहरी खतिवडा,पूर्व प्रदेश प्रमुख तथा सामाजिक अभियान्ता डा.राजेश अहिराज, नेकपा एकीकृत समाजवादीका प्रवक्ता श्री जगन्नाथ खतिवडा , अभिनेत्री/गायिका सत्यकला राई लगायतको उपस्थती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय