बुटवल । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आसन्न निर्वाचनमा इलामको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुहुने भएको छ ।

आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले पुनः इलामको क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने घोषणा गर्नुभएको हो । उक्त क्षेत्रबाट ०४८ सालदेखि निरन्तर चुनाव लड्दै आउनुभएका खनालले अब अन्तिमपटक सोही क्षेत्रबाट चुनाव लड्ने बताउनुभयो ।

सत्तारुढ गठबन्धनबाट आफ्नो उम्मेदवारी पक्का रहेको बताउदै उहाँले आफूूले जित्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

सम्मानित नेता खनालले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डनको खतरा देखिएको बताउँदै तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको प्रष्ट पार्नुभयो । तर अहिले आफूूहरु कम्युनिस्ट घटकमध्ये नेकपा माओवादी केन्द्रसँग निकट सम्बन्धमा रहेको पनि उहाँले स्वीकार गर्नुभयो ।

‘मुलुकका लागि बृहत वामपन्थी एकता आवश्यक थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ,’ खनालको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय