चीनबाट तस्करी गरिएको आशंकामा मोरङ प्रहरीले ठूलो परिमाणको स्याउ बोकेका ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ।

कानुनी प्रक्रिया छलेर भारतबाट नेपाल भित्र्याइएको भन्दै प्रहरीले स्याउसहितका ढुवानी साधन नियन्त्रणमा लिएको हो।

भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस)मा प्रविष्ट नगरी स्याउ ढुवानी गरेको, कोल्डस्टोरमा पुर्‍याएर मात्र अनलोड गरिनुपर्नेमा बाटैमा गरेको पाइएपछि प्रहरीले स्याउ बोकेको साधन नियन्त्रणमा लिएको हो। स्याउ बोकेका ती ट्रक र कन्टेनर विराटनगर भन्सारबाट जाँचपास भएर निस्किएका थिए।

प्रहरीले शुक्रबार राति विराटनगर १३ स्थित मलाय रोडबाट नियन्त्रणमा लिएको हो।

भारतीय नम्बर प्लेटका पाँचवटा कन्टेनरमार्फत नेपाल भित्र्याइएको स्याउसहित नेपाली नम्बर प्लेटको ट्रकमा लोड गर्दै गरेको अवस्थामा थप तीन वटा ट्रकसहित जम्मा आठ वटा गाडीमा रहेको स्याउ नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

नियन्त्रणमा लिएको आठवटै गाडीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको श्रेष्ठले बताए ।

प्रहरीका अनुसार भारतीय कन्टेनरलाई सडकमै रोकेर नेपाली नम्बर प्लेटका ट्रकमा स्याउ ‘अनलोड’ गर्दैगर्दा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

‘भारतीय नम्बर प्लेटका ढुवानीका साधनलाई बाटोमा रोकेर नेपाली ट्रकमा सामान अनलोड गर्न पाइँदैन। भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामान सम्बन्धित ठाउँमा पुर्‍याएर मात्रै ‘पल्टी’ गर्नुपर्छ,’ डीएसपी श्रेष्ठले भने, ‘भिसिटिएस प्रणालीमा विवरण प्रविष्ट नगरी स्याउ ढुवानी गरिएजस्तो देखिन्छ। मालवस्तुको ढुवानीमा भिसिटिएस प्रणाली अनिवार्य छ।’

आयात भएको स्याउ कोल्डस्टोर वा सम्बन्धित ठाउँमा नपुर्‍याइ अनलोड गर्न नपाइने व्यवस्था छ। विराटनगरका विजय फ्रुटका संचालक विजयकुमार चौधरी जैसवालले आयात गरेको स्याउ शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि राजस्व कार्यालयमा पठाइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए।

सम्बन्धित ठाउँमा नपुर्‍याइकन ‘अनलोड’ गरिएको र आवश्यक कागजात उपलब्ध गराउन नसकेपछि शंकास्पद लागेर चाइनिज स्याउसहित कन्टेनर र ट्रक नियन्त्रणमा लिइएको उनको भनाइ छ। तेस्रो मुलुकबाट जैसवालले चाइनिज ‘फुजी’ स्याउ आयत गर्दै आएका छन्। उनले आयात गरेको स्याउको भन्सारमा सहजीकरण श्याम क्लियरिङ एजेन्सीका भन्सार एजेन्ट राजेश गुप्ताले गरिदिएका हुन्।

प्रहरीले गाडीसहित स्याउ नियन्त्रण गर्दा चालकसँग भिसिटिएस थिएन।

भिसिटिएस राजश्व प्रशासन सुधारका लागि विभागले पछिल्लो समय विकास गरेको सूचना प्रणाली हो। यस प्रणाली अन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्महरूले मालसामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ। यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ।

ढुवानीको सुरूको विन्दु र अन्तिम विन्दुसम्मै विभागले ट्र्याकिङ गरिरहेको हुन्छ। तर आयात गरेको स्याउको भिसिटिएसको विवरण चालकले उपलब्ध गराउन नसकेको र भन्सार जाँचपास भएका कागजात चालकको साथमा नरहेको एसपी कोइरालाले बताए ।

भारतीय नम्बर प्लेटको एनएल ०१ एइ ४७०५, एनएल ०१ एइ ३७२२, एनएल ०१ एन २६६३, एनएल ०१ एबी २४१० एनएल ०१ कियू २२२२, एनएल ०१ एई ३४२२, ना. ५ ख ५६००, को १ ख ६९३९ र प्रदेश १– ०२–००१ ख ८५५६ नम्बरको कन्टेनरहरूमा ती स्याउ लोड थिए।

चिनियाँ स्याउ नेपाल आएपछि भारततिर नै तस्करी हुने गरेको छ। ठूलो परिमाणमा आयात भएको चाइनिज स्याउ पनि तेस्रो मुलुक हुँदै नेपाल आउने र तस्करी भएर भारत जाने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah