झापा । झापामा रैथाने जंगली हात्तीको कारण वन क्षेत्र आसपासका स्थानीयवासी त्रासमा बाच्न बाध्य छन्। रात परेपछि आहारको खोजीमा निस्किने जंगली हात्तीले दिनहुँ स्थानीयको घरगोठ भत्काउनुका साथै अन्नबालीमा क्षति पुर्‍याउँदै आएको छ।

यसै क्रममा बुधबार मध्यराति चारआली जंगलबाट निस्किएको सातवटा हात्तीले बिर्तामोड नगरपालिका-८ देउनियाँस्थित गौतम राइस मिल भत्काएको छ।

हात्तीले मिलको पर्खाल भत्काउँदै मेसिनरी औजारमा समेत क्षति पुर्‍याएको मिल सञ्चालक अनिल गौतमले जानकारी दिए। मिलभित्र रहेको धान र मकै पनि हात्तीले नष्ट गरिदिएको छ। हात्तीले करिब १ लाख ४१ हजार मूल्य बराबरको क्षति पुर्‍याएको उनले बताए।

‘चारआली जंगलबाटै निस्किएको हात्ती पहिला हाम्रो गाउँमा आउँछ, हात्तीका कारण गाउँवासी त्रसित छन्,’ उनले भने, ‘दिनहुँजसो हात्तीले गाउँमा कसैको न कसैको घरमा क्षति पुर्‍याउँदै आएको छ।’

सात दिनअघि मात्र आफ्नो घरको फलामको ढोका हात्तीले भत्काएको उनले बताए। हात्तीले पवित्रा आचार्य, देवराज उप्रेतीको धान खेतमा क्षति पुर्‍याएको छ। लक्ष्मी घिमिरेको ग्वाली र केशव घिमिरेको घर र शौचालय हात्तीले भत्काएको छ। हात्ती नियन्त्रण तथा रोकथामका लागि सरकारसँगै ठोस योजना नहुँदा स्थानीयवासी वर्षौंदेखि पीडित बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah