नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट कांग्रेसको उम्मेदवार बन्न चार जनाको नाम सिफारिस भएको छ ।अघिल्लोपटक ओलीसँग पराजित डा.खगेन्द्र पाण्डव अधिकारी, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष मेदनी सिटौला, २०७४ सालमा कांग्रेसमा प्रवेश गरेका विश्वदीप लिङदेन र महेन्द्रा सुब्बाको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा क्षेत्रीयसमितिले प्रत्यक्षतर्फ प्रदेश सभामा पनि सिफारिसमा गरेको छ ।

झापा ५ (क) मा राजन भट्टराई ,जिबन राई, अनिलकृष्ण प्रसाईंको नाम सिफारिस गरिएको छ । प्रदेश खबाट ढुण्डिराज भण्डारी , शेरबहादुर भट्टराई र चन्द्रकला भण्डारीको नाम पठाइएको छ । भने सघियमा प्रत्यक्ष तर्फ पदम बा. पौडेलको नाम पठाएको छ ।झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसहमतिमा पठाइएको छ । झापाको २, ३ र ४ को नाम भने आज शुक्रबार सिफारिस गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर